मिथिलाञ्चलमा वटसावित्री पर्व [तस्बिरहरू]
यो पर्व विशेषगरी विवाहित महिलाहरूले आफ्नो पतिको दीर्घायू र सुखमय वैवाहिक जीवनको कामना गर्दै मनाउने परम्परा छ।![मिथिलाञ्चलमा वटसावित्री पर्व [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Photo-(11)-(13)-1748264063.jpg)
जनकपुर, जेठ १२ : मिथिलाञ्चलमा आज सोमबार विवाहित महिलाहरूले धार्मिक श्रद्धाका साथ वटसावित्री अर्थात बरसाइत पर्व मनाइरहेका छन्।
विशेषगरी बरको रुख भएको स्थानमा पूजाका लागि महिलाहरूको भीड लागेको छ। यो पर्व विशेषगरी विवाहित महिलाहरूले आफ्नो पतिको दीर्घायू र सुखमय वैवाहिक जीवनको कामना गर्दै मनाउने परम्परा छ।
पर्वको अवसरमा महिलाहरूले नयाँ साडी, ब्लाउज, साया, लुगा–फाटा, लहठी, चुरा, सिन्दूर, टिकालगायत श्रृंगारका सामग्री किन्ने गर्छन्।
-(13)-1748264063.jpg)
साथै पूजाका लागि विशेष सामग्रीहरू पनि खरिद गरिन्छ। नवविवाहित महिलाहरूको लागि यो पर्व अझ विशेष मानिन्छ, किनकि बेहुलाको घरबाट पूजा सामग्रीसहित ‘पाहुर’ पठाउने प्रथा पनि रहेको छ।
मिथिला संस्कृतिमा वटसावित्री पर्व नारीत्वको आदर्श र सन्तान प्राप्तिमा सहयोगी पर्वको रूपमा लिइन्छ। यो पर्व प्रत्येक वर्ष जेठ महिनाको औँसीमा मनाइन्छ।
-(1)-1748263754.jpg)
धार्मिक मान्यताअनुसार, बरको रुखमा भगवान ब्रह्मा, विष्णु र महेशको वास रहने विश्वास गरिन्छ। पुराणहरूमा उल्लेख भएअनुसार बरको वृक्ष मुनी पूजा, कथा, व्रत आदि गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । पीपल जस्तै बरको वृक्षलाई पनि हिन्दू धर्ममा अत्यन्त पवित्र र शक्तिशाली मानिन्छ।
दार्शनिक दृष्टिले पनि बरको रुख दीर्घायु, अमरत्व, ज्ञान र निर्वाणको प्रतीक मानिन्छ । भगवान बुद्धले ज्ञान प्राप्त गरेको वृक्ष पनि बरकै भएको मानिन्छ।
-(4)-1748263760.jpg)
त्यसैले महिलाहरूले यस वृक्ष मुनी व्रत बसेर पूजा गर्छन व्रत कथा सुन्छन् र बरको रुखमा सूती धागो बाँधेर आस्था प्रकट गर्छन्।
धार्मिक, सांस्कृतिक र सामाजिक रुपमा महत्वपूर्ण मानिने यो पर्वले मिथिला संस्कृतिको गहिरो धार्मिक चेतना झल्काउँछ।
-(3)-1748264058.jpg)
-(7)-1748264052.jpg)
-(8)-1748264063.jpg)
-(2)-1748264059.jpg)
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





-(27)-1764914102.jpeg)