Kathmandu Press

झिनो अंकले घट्यो नेप्से, साढे सात अर्बको कारोबार

३३७ कम्पनीको एक करोड ७१ लाख ६० हजार ६२५ कित्ता शेयर ६९ हजार ६५१ पटक खरिदबिक्री हुँदा सोमबार सात अर्ब ५८ करोड ५० लाख २२ हजार बराबरको कारोबार भएको छ।
झिनो अंकले घट्यो नेप्से, साढे सात अर्बको कारोबार

काठमाडौं, जेठ १२ : नेप्से परिसूचकमा सोमबार सामान्य गिरावट देखिएको छ। आज नेप्से ५.२१ अंकले घटेर २६७४.७६ को विन्दुमा कायम भएको छ।

३३७ कम्पनीको एक करोड ७१ लाख ६० हजार ६२५ कित्ता शेयर ६९ हजार ६५१ पटक खरिदबिक्री हुँदा सोमबार सात अर्ब ५८ करोड ५० लाख २२ हजार बराबरको कारोबार भएको छ।

आजको बैंकिङ समूह ०.१७ र उत्पादन तथा प्रशोधन समूह ०.७९ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। विकास बैंक ०.२७, वित्त ०.१२, होटल तथा पर्यटन ०.९१, जलविद्युत् ०.०६ र लगानी समूह ०.१५ प्रतिशतले घटेको छ।

त्यस्तै, जीवन बीमा ०.२०, लघुवित्त १.५०, म्युचुअल फन्ड ०.०८, निर्जीवन बीमा ०.३२, व्यापार ०.१३ र अन्य समूह ०.४८ प्रतिशतले घटेको छ।

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको ६४ करोड ३१ लाख ५० हजार ९ सय बराबरको शेयर किनबेच भएको छ।ङादी ग्रुप पावर लिमिटेडको सबैभन्दा धेरे १४ लाख ८९ हजार ३०२ कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति: १६:१३ बजे, सोमबार, जेठ १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्