नेपालकै पहिलो नवग्रह मन्दिरमा भोली शनि जयन्ती बिशेष पुजाआजा हुने
बर्षमा एक पटक पर्ने शनि जयन्तीको दिन शनिवारको ब्रत लिने र साढेसातीको दशा हुनेहरुका लागि पुजा गर्दा फलदायी हुने भएकोले नवग्रहमा बिशेष पुजा गर्न लागिएको पालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।
काठमाडौं, जेठ १२ : स्याङ्जाको अर्जुनचौपारी गाउपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा शनि जयन्तीको अवसरमा बिशेष पुजा हुने भएको छ ।
जेठ १३ गते मंगलबार (भोली) शनि जयन्तीको अवसरमा बिशेष पुजा हुन लागेको हो । बर्षमा एक पटक पर्ने शनि जयन्तीको दिन शनिवारको ब्रत लिने र साढेसातीको दशा हुनेहरुका लागि पुजा गर्दा फलदायी हुने भएकोले नवग्रहमा बिशेष पुजा गर्न लागिएको पालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।
उक्त दिन नवग्रह मन्दिरका बिशेष पुजाका साथै बृद्व, अशक्त र चराचुरुगीलाई भोजन समेत गराईने तिवारीले बताए । यस दिन नवग्रहको ९ चक्रको समेत परिक्रमा गरेर पुजाआजा गर्न पाईने छ ।
शनिवारमात्र खुल्ने ९ चक्र शनि जयन्तीको अवसर परेको हुँदा मंगलबार पनि पुजाआजाका लागि खुला गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
शनि जयन्ती प्रत्येक वर्ष ज्येष्ठ कृष्ण पक्षको अमावस्या तिथि मा मनाइन्छ। यो दिन हिन्दू धर्म अनुसार शनिदेवको जन्म भएको विश्वास गरिन्छ। शनिदेवलाई कर्म, न्याय, दण्ड र शनि ग्रहका देवता मानिन्छ।
शनि जयन्ती भन्नाले शनिदेवको जन्मोत्सव हो। यो दिन शनिदेवको पूजा–आराधना गरी आफ्नो जीवनमा आउने शनि दोष, साढेसाती, ढैय्या ९अर्धशनि० र अन्य अशुभ प्रभाव हटाउन सकिन्छ भन्ने मान्यता छ।
शनिदेवको मन्दिरमा पूजा, तेल चढाउने, कालो तिल, नील वस्त्र, नील फूलको प्रयोग गरिन्छ। कालो वस्त्र लगाएर शनिदेवलाई मन पर्ने वस्तुहरूको दान गरिन्छ।
गरिब, अशक्त र वृद्धलाई भोजन तथा दान गरिन्छ। शनि जयन्ती आत्मनिरीक्षण, पवित्र कर्म र न्यायको प्रतीक पर्व हो। यो दिनले मानिसलाई कर्मको महत्व बुझ्न र आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्छ।
शनि जयन्तीमा व्रत, ध्यान, दान र सादगीपूर्ण जीवन बिताउनु विशेष फलदायी मानिन्छ।











-1784031842.jpg)