Kathmandu Press

अंशु यादव हत्याको विरोधमा जनकपुरमा प्रदर्शन [तस्बिरहरू]

न्यायका लागि भौतारिँदै हिँडेको अंशुको आमालाई न्याय दिनुको साटो प्रहरी प्रशासनले पक्राउ परेकाहरुलाई धरौटीमा छाडेर झन घाउमाथि नुन छर्केको आरोप लगाएका छन्। धरौटीमा छुटेकाहरुले अंशुको आमालाई धाकधम्की दिँदै आएको उनीहरुको आरोप छ।
अंशु यादव हत्याको विरोधमा जनकपुरमा प्रदर्शन [तस्बिरहरू]

जनकपुर, जेठ ११ : जनकपुरधाममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले विरोध प्रदर्शन गरेका छन्। उनीहरुले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि विरोध गर्नुका साथै धर्नासमेत दिएका छन्।

गत चैत्र २ गत्ते होलीको दिन जनकपुरधामस्थित विन्धिमा चक्कु प्रहार गरी हत्या भएको अंशु यादवको हत्या भएको घटनामा संलग्नहरुलाई पक्राउ नगरेको र पक्राउ गरेकाहरुलाई पनि धरौटिमा रिहा गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन्। 

Hardik ivf

न्यायका लागि भौतारिँदै हिँडेको अंशुको आमालाई न्याय दिनुको साटो प्रहरी प्रशासनले पक्राउ परेकाहरुलाई धरौटीमा छाडेर झन घाउमाथि नुन छर्केको आरोप लगाएका छन्। धरौटीमा छुटेकाहरुले अंशुको आमालाई धाकधम्की दिँदै आएको उनीहरुको आरोप छ।

Photo-(11)-(11)-1748168982.jpg

आन्दोलनकारीहरुले अंशुको हत्यामा संलग्न सबैजनालाई कानुनको दायरामा ल्याएर सजाय नदिए आफूहरु अनिश्चितकालिन धर्नामा बस्ने चेतावनी दिएका छन् । उनीहरुले आफूहरुको अगाडि पछाडि कोही नरहेको भन्दै अंशुको लागि मर्नु परे मर्न तयार रहेको बताएका छन्।

उनीहरुले प्रहरी र राजनीतिक व्यक्तिहरुले पैसाको चलखेल गरेर अपराधी उम्काउन खोजेको आरोप लगाएका छन्।

Photo-(13)-(6)-1748168981.jpg

Photo-(2)-(24)-1748167909.jpg

प्रकाशित मिति: १६:०१ बजे, आइतबार, जेठ ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्