Kathmandu Press

टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

मोटरसाइकल चालक मलंगवा नगरपालिका–१०, का २१ वर्षीय मोहमद कैफ मिकरानीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

रौतहट, जेठ १० : सर्लाहीको बागमती नगरपालिका–१, पानी ट्याङकी चोकमा शनिबार टिपर र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। 

मोटरसाइकल चालक मलंगवा नगरपालिका–१०, का २१ वर्षीय मोहमद कैफ मिकरानीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

Hardik ivf

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङका अनुसार बागमतीबाट हरिवनतर्फ बालुवा लोड गरेर आउँदै गरेको ना.७ ख ६३९१ नम्वरको टिपरले विपरीत दिशाबाट गइरहेको बा. ६६ प ८४६० नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटना गम्भीर घाइते अवस्थामा रहेका  मिकरानीलाई नमूना अस्पताल हरिवनमा सामान्य उपचारपश्चात थप उपचारका लागि एलएस न्यूरो अस्पताल वीरगन्ज लैजाँदै गर्दा मृत्यु भएको हरिवन प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार मलंगवा नगरपालिका–१०, कै २४ वर्षीय सुमितकुमार यादव गम्भीर घाइते भएका छन्। 

सुमितको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकललाई ठक्कर दिने टिपर र टिपर चालकलाई नियन्त्रणमा लिइएको सर्लाही प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: २०:०८ बजे, शनिबार, जेठ १०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्