Kathmandu Press

जुम्लाको तिलामा अटो दुर्घटना हुँदा चालकको मृत्यु

क.१ ह.३१ नम्बरको अटो दुर्घटना हुँदा ४४ वर्षीय चालक रणबहादुर कुँवरको ज्यान गएको कुडारी प्रहरी चौकीका प्रहरी हवल्दार बैजु महत्तोले जानकारी दिए।
जुम्लाको तिलामा अटो दुर्घटना हुँदा चालकको मृत्यु

जुम्ला, जेठ १० : जुम्लाको तिला गाउँपालिका–४, भोटचौरमा शुक्रबार भएको अटो दुर्घटनामा चालकको मृत्यु भएको छ।

क.१ ह.३१ नम्बरको अटो दुर्घटना हुँदा ४४ वर्षीय चालक रणबहादुर कुँवरको ज्यान गएको कुडारी प्रहरी चौकीका प्रहरी हवल्दार बैजु महत्तोले जानकारी दिए।

Hardik ivf

प्रहरीका अनुसार तातोपानी गाउँपालिका–१ राँकाबाट तातोपानी–७ सर्मीगाउँतर्फ धान बोकेर जाँदै गरेको अटो सडकबाट करिब ६० मिटर तल खसेको थियो। 

दुर्घटनामा गम्भीर घाइते भएका चालक कुँवरलाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।

तर, उपचारका क्रममा शनिबार बिहान ५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले पुष्टि गरेको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
 
प्रकाशित मिति: १४:२७ बजे, शनिबार, जेठ १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्