कोशी प्रदेशसभाबाट आठ अध्यादेश पारित
कोशी प्रदेशसभाको आजको बैठकले ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’ सर्वसम्मतिले पारित भएको छ।
मोरङ, जेठ ९ : कोशी प्रदेशसभाको आजको बैठकले ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’ सर्वसम्मतिले पारित भएको छ। जसमा ८ वटा अध्यक्षदेश छन्।
यसरी पारित भएका अध्यादेशमा सार्वजनिक निजी साझेदारी ऐन–२०७६, प्रदेश सहकारी ऐन–२०७६, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन–२०७६, भवन ऐन–२०७६, प्रदेश औद्योगिक व्यवस्था ऐन–२०७७, प्रदेश पर्यटन विकास ऐन–२०७६, कोशी प्रदेश निजी तथा साझेदारी फर्म रजिष्ट्रेसन ऐन–२०७७ र प्रदेश वन ऐन–२०७७ छन्।
कोशी प्रदेशसभाको बैठकमा वार्षिक नीति तथा कार्यक्रममाथि आज हुने छलफलमा हिमाल कार्की, निरादेवी खनाल, बन्दना झाँगर र इन्द्रमणि पराजुलीसहित ११ सदस्यले भाग लिने कार्यसूची छ।
जेठ ५ गते सरकारका तर्फबाट कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ।
प्रकाशित मिति: १६:०२ बजे, शुक्रबार, जेठ ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार