सीमा नाका र हवाई उडान जेठ १८ गतेसम्म बन्द
काठमाडौं, वैशाख २४ : कोरोना भाइरसको संक्रमणका कारण सरकारले अन्तर्राष्ट्रिय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।
बुधबार बसेको ....

काठमाडौं, वैशाख २४ : कोरोना भाइरसको संक्रमणका कारण सरकारले अन्तर्राष्ट्रिय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाको संक्रमण फैलिन नदिन अन्तर्राष्ट्रिय सीमा नाका बन्द जेठ १८ गतेसम्म नखोल्ने निर्णय गरेको हो। छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढिरहेकाले सीमा नाका जोल्नु जोखिमपूर्ण हुने सरकारको निष्कर्ष छ।
मन्त्रिपरिषद्को बैठकले सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको छ। भारतबाट लुकिछिपी आउनेहरुलाई रोक्न थप सुरक्षाकर्मी परिचालन गरिने भएको छ।
यसैगरि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय हवाई उडान पनि जेठ १८ गतेसम्म बन्द रहने भएका छन्। बुधबारको मन्त्रिपरिषद् बैठकले हवाई उडानको प्रतिबन्ध लम्ब्याएको हो। यस अघि जेठ २ गतेसम्म प्रतिबन्द लगाएको थियो।
लकडाउनलाई पनि लम्ब्याउने निर्णय गरेको छ। अब लकडाउन जेठ ५ गतेसम्म जारी रहनेछ। यस अघि गरिएको लकडाउनको समय बिहीबार सकिँदै छ।
नेपालमा अहिलेसम्म ८२ जनामा कोरोना देखिएको छ। त्यसमध्ये २२ जना निको भएर घर फर्किसकेका छन्। बाँकी ६० जनाको उपचार भइरहेको छ।











