Kathmandu Press

ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना लिनबाट लगायो रोक

अमेरिकाको आन्तरिक मामिला हेर्ने मन्त्रालय डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीकी प्रमुख क्रिस्टी नोमले सामाजिक सञ्जाल एक्समा लेख्दै प्रशासनले कानुनसम्मत काम गर्न विफल भएकाले हार्वर्डको स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर प्रोग्राम सर्टिफिकेशन खारेज गरिएको उल्लेख गरेकी छन्।
ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना लिनबाट लगायो रोक

काठमाडौं, जेठ ९ : ट्रम्प प्रशासनले अमेरिकाको सबभन्दा पुरानो विश्वविद्यालयसँग उसको चर्किएको असमझदारीका माझ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने हार्वर्डको अनुमतिलाई रोक लगाइदिएको छ।

अमेरिकाको आन्तरिक मामिला हेर्ने मन्त्रालय डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीकी प्रमुख क्रिस्टी नोमले सामाजिक सञ्जाल एक्समा लेख्दै प्रशासनले कानुनसम्मत काम गर्न विफल भएकाले हार्वर्डको स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर प्रोग्राम सर्टिफिकेशन खारेज गरिएको उल्लेख गरेकी छन्।

यो देशभरिका सबै विश्वविद्यालय तथा शैक्षिक केन्द्रहरूका निम्ति एक चेतावनी पनि हो उनले बिहीवार लेखेकी छन्। ट्रम्प प्रशासनको निर्णयले उक्त विश्वविद्यालयमा अध्ययनरत हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रभाव पर्न सक्छ। गत शैक्षिक वर्ष हार्वर्डमा ६,७०० विदेशी विद्यार्थी भर्ना भएको आँकडा विश्वविद्यालयले दिएको छ। उसको कुल विद्यार्थी सङ्ख्याको त्यो २७ प्रतिशत हो।

सरकारको कदमबारेको समाचार बिहीवार फैलिएसँगै हजारौँ विद्यार्थीहरूमाझ त्रास र निराशा फैलियो। अचानक ती विद्यार्थीका भविष्य अनिश्चयमा परेको देखियो।

हामी धेरै भ्रम र अनिश्चयमा परेका छौँ, स्नातक डिग्री पढ्दै गरेकी अस्ट्रेलियाली विद्यार्थी स्यारा डेभिजले बीबीसी न्यूजआवरलाई बताइन्। 
 
प्रकाशित मिति: ०९:३१ बजे, शुक्रबार, जेठ ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्