काठमाडौं भित्रिन खोज्ने एक सय तीन सवारीसाधनलाई नाकाबाटै फर्काइयो
काठमाडौं, वैशाख २४ : नागढंगा नाकाबाट काठमाडौं भित्रिन खोजेका एक सय तीन सवारी साधनलाई फर्काइएको छ। विभिन्न बहानामा काठमाडौं भित्रिने सवारीको चाप ब....

काठमाडौं, वैशाख २४ : नागढंगा नाकाबाट काठमाडौं भित्रिन खोजेका एक सय तीन सवारी साधनलाई फर्काइएको छ। विभिन्न बहानामा काठमाडौं भित्रिने सवारीको चाप बढ्दै गएपछि मंगलबार अत्यावश्यकबाहेकका सवारीसाधन फर्काइएको हो।
विश्वभरि फैलिरहेको कोरोना भाइरस संक्रमण जोखिम न्यूनिकरण गर्न सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ। लकडाउनको समयमा अत्यावश्यक बाहेक अन्य सवारीसाधनलाई एक ठाउँबाट अर्को ठाउँमा जान निषेश गरिएको छ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार सोमबार ३७ र मंगलबार एक सय तीन सवारीसाधन फर्काइएको छ। त्यस्तै, अत्यावश्यक सामग्री बोकेका सवारी र एम्बुलेन्सलाई मात्र उपत्यका प्रवेश गर्न दिएर अन्यलाई फर्काइएको उनले बताए।











