भारतीय प्रधानमन्त्री मोदीको दाबी– भारतीय सेनाले पाकिस्तानलाई घुँडा टेक्न बाध्य बनायो
मोदीले सम्बोधनकाक्रममा गत २२ अप्रिलमा आतंककारीहरूले जम्मु–कश्मीरको पहलगाममा धर्म सोधीसोधी दिदीबहिनीहरूको सिउँदोको सिन्दूर पुछिदिएको पनि बताए।
काठमाडौं, जेठ ८ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सेनाले पाकिस्तानलाई घुँडा टेक्न बाध्य बनाएको दाबी गरेका छन्।
बिहीबार राजस्थानको बिकानेरमा आयोजित एक जनसभालाई सम्बोधन गर्दै मोदीले यस्तो दाबी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मोदीले सम्बोधनकाक्रममा गत २२ अप्रिलमा आतंककारीहरूले जम्मु–कश्मीरको पहलगाममा धर्म सोधीसोधी दिदीबहिनीहरूको सिउँदोको सिन्दूर पुछिदिएको पनि बताए।
‘गोली पहलगाममा चलाइएको थियो तर तिनले १४० करोड देशवासीको मुटु छेडे । हाम्रो सरकारले तीनै सेनालाई स्वतन्त्रता दिएको थियो। र, तीन सेनाले यस्तो चक्रव्यूह सिर्जना गरे कि पाकिस्तान घुँडा टेक्न बाध्य भयो,’ सम्बोधनका क्रममा मोदीले भने।
मोदीले पहलगाममा अप्रिल २२ तारिखमा गरिएको आक्रमणको जवाफमा २२ मिनेटभित्र आतंककारी लुक्ने नौ ठूला ठाउँ ध्वस्त पारेको दाबी समेत गरे। ‘सिन्दूर बारुदमा परिणत हुँदा नतिजा के हुन्छ, संसारसँगै देशका दुस्मनले पनि देखे,’ मोदीले भने।
मोदीले आफ्ना हतियारमा गर्व गर्नेहरू आज भग्नावशेषको थुप्रोमा परिणत भएको पनि बताएका थिए । पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणपछि भारतले मे ६ को राति र मे ७ को बिहान पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको थियो। उक्त कारबाहीलाई भारतले ‘अपरेशन सिन्दूर’ नाम दिएको थियो । त्यसपछि पाकिस्तान र भारतविच युद्धको अवस्था आएको थियो।
भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको संघर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा मे १० मा दुवै पक्षबीच युद्धविराम सहमति भएको थियो।
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





-(27)-1764914102.jpeg)