Kathmandu Press

जनमत पार्टीले मधेस सरकारबाट दुई मन्त्रीलाई फिर्ता बोलायो 

जनमत पार्टीले मधेश सरकारमा रहेका वन तथा वातावरण मन्त्री त्रिभुवन साह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँलाई फिर्ता बोलाउने निर्णय गरेको हो। 
जनमत पार्टीले मधेस सरकारबाट दुई मन्त्रीलाई फिर्ता बोलायो 

काठमाडौं, जेठ ८ : जनमत पार्टीले मधेस सरकारका दुई जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। 

सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश सरकारमा रहेका वन तथा वातावरण मन्त्री त्रिभुवन साह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँलाई फिर्ता बोलाउने निर्णय गरेको हो। 

अब वन मन्त्रालयमा सञ्जयकुमार यादव र उद्योगमा वसन्त कुसवाहलाई पठाइने भएको छ। साह र मियाँ एक वर्ष मात्र मन्त्री बनेका थिए। मधेस संसदीय दलको सहमतिमा केन्द्रले मन्त्री हेरफेर गरेको जनाइएको छ। 

मधेस प्रदेशमा यतिबेला जनमत पार्टीकै सतिश सिंहले गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन्।

प्रकाशित मिति: १६:२९ बजे, बिहीबार, जेठ ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्