टोटनहम युरोपा लिग च्याम्पियन
टोटनहमले १७ वर्षपछि उपाधि जितेको हो । ब्रेनन जोन्सनले ४२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो ।-1747882770.jpg)
काठमाडौं, जेड ८ : टोटनहमले युरोपा लिगको उपाधि जितेको छ । म्यानचेस्टर युनाइटेडलाई बुधबार १–० ले हराउँदै टोटनहम युरोपा लिग च्याम्पियन बनेको हो ।
टोटनहमले १७ वर्षपछि उपाधि जितेको हो । ब्रेनन जोन्सनले ४२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो ।
साथै, टोटनहमले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । क्लबले १ सय मिलियन पाउन्डको आर्थिक लाभ पनि पाउनेछ ।
प्रकाशित मिति: ०८:४४ बजे, बिहीबार, जेठ ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार