Kathmandu Press

१० महिनामै २ खर्ब १७ अर्बको वस्तु निर्यात  

गत आर्थिक वर्षको दश महिनामा १ खर्ब २६ अर्ब रुपैयाँको निर्यात भएको थियो। यस चालु आर्थिक वर्षमा भने ७२.७१ प्रतिशतले निर्यात बढेको छ। 
१० महिनामै २ खर्ब १७ अर्बको वस्तु निर्यात  

काठमाडौं, वैशाख ७ : निर्यातमा दश महिनामै नेपाललाई ऐतिहासिक सफलता हासिल भएको छ। 

भन्सार विभागको रेकर्डले चालू आर्थिक वर्षको दश महिनामै अहिलेसम्मकै बढी निर्यात भएको देखाएको छ। यस अवधिमा निर्यात बढेर दुई खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ। 

गत आर्थिक वर्षको दश महिनामा १ खर्ब २६ अर्ब रुपैयाँको निर्यात भएको थियो। यस चालु आर्थिक वर्षमा भने ७२.७१ प्रतिशतले निर्यात बढेको छ। 

विभागको तथ्यांक अनुसार आव २०८०÷०८१ मा १ खर्ब ५२ अर्बको निर्यात भएको थियो। त्यसअघि ०७९÷०८० मा १ खर्ब ५७ अर्ब रुपैयाँको निर्यात भएको थियो। 

नेपालले भटमास तेल, सोयाविन तेल, पाम आयल लगायत वस्तुमा मात्रै ९१ अर्ब ३९ करोडको निर्यात गरेको छ। १ अर्ब १६ करोडको चिया तथा कफी निर्यात भएको छ। 

तयारी पोसाक तथा कपडाजन्य वस्तुमा २३ अर्ब ६६ करोड रुपैयाँको निर्यात भएको छ भने१० अर्ब १२ करोडको कार्पेटजन्य वस्तु निर्यात भएको छ।

प्रकाशित मिति: १६:५२ बजे, बुधबार, जेठ ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्