प्रहरी परिसरबाटै थुनुवा फरार
प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धानका लागि ल्याइएका थुनुवा प्रहरी परिसर भद्रकालीको गेटबाटै फरार भएका हुन्।
काठमाडौं, जेठ ७ : जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंबाट थुनुवा फरार भएका छन्।
प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धानका लागि ल्याइएका थुनुवा प्रहरी परिसर भद्रकालीको गेटबाटै फरार भएका हुन्।
फरार रहेका आरोपी २४ वर्षीय निशान परियार हुन्।
परियार अभद्र व्यवहार कसुरका आरोपी थिए । प्रहरीले उनको खोजी गरिरहेको छ।
प्रकाशित मिति: १४:३४ बजे, बुधबार, जेठ ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार