Kathmandu Press

पोखरा विमानस्थलको प्रतिवेदन एकपक्षीय र भ्रमपूर्ण छ : योगेश भट्टराई

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईसीएओले पोखरा विमानस्थललाई ‘फोर-डी’ श्रेणीमा उडानका लागि योग्य भन्दै सर्टिफिकेसन दिइसकेको अवस्थामा प्रतिवेदनले ‘उडान योग्य छैन’ भन्नु अनौठो भएको उनले बताए। 
पोखरा विमानस्थलको प्रतिवेदन एकपक्षीय र भ्रमपूर्ण छ : योगेश भट्टराई
फाइल तस्बिर।

काठमाडौं, जेठ ७ : नेकपा एमालेका नेता योगेश भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी प्रतिवेदन एकपक्षीय र भ्रमपूर्ण भएको बताएका छन्। सार्वजनिक लेखा समितिमा मंगलबार भएको छलफलमा उनले अनुसन्धानको विधि नै अपूर्ण रहेको बताए।

‘छलफल र अनुसन्धानको विधि नै भएन भन्ने सांसद तारा लामा र गोकुल बास्कोटाले फरक मत राख्नुभएको छ। मैले पनि त्यही देखेको छु,’ उनले भने।

Hardik ivf

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईसीएओले पोखरा विमानस्थललाई ‘फोर-डी’ श्रेणीमा उडानका लागि योग्य भन्दै सर्टिफिकेसन दिइसकेको अवस्थामा प्रतिवेदनले ‘उडान योग्य छैन’ भन्नु अनौठो भएको उनले बताए। 

‘आईसीएओले सर्टिफाइड गरिसकेको विमानस्थललाई प्रतिवेदनले योग्य छैन भन्नु तथ्य विपरीत हो। विमानस्थलमा आवतजावत भइसकेको छ भने त्यो व्यावसायिक उडान हो भन्ने बुझ्न गाह्रो छैन,’ उनले भने।

भट्टराईले परियोजना विदेशी लगानीमा बनेको भन्दै त्यसमा संवेदनशीलता आवश्यक रहेको बताए । ‘हामीले केही नेताहरूको लाज छोप्न एमसीसी पास गर्न सहयोग गरेका थियौं, अहिले पनि यस्तो विषयमा चाइनाजस्ता लगानीकर्ताले चासो नराख्लान् भन्ने हुँदैन,’ उनले भने।

उनले पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदनलाई चीनले सहजै स्विकार्ने अवस्था नरहेको प्रस्ट पारे। 

प्रकाशित मिति: १४:२६ बजे, बुधबार, जेठ ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्