विद्युत प्राधिकरणको स्वयतपत्र यथार्थपरक छ : मन्त्री खड्का
‘विद्युत प्राधिकरणको नाफा र घाटा के हो भन्ने सन्दर्भमा अहिलेको स्वयतपत्र यथार्थपरक छ अझै यसमाथि आयोजनाहरु तिर्नुपर्ने यकिन आइसकेको नभएर चाडै अडिट हँुदैछ। यो कुरा भन्नुपर्छ सरकारी निकायहरुले आफ्नो कार्य पारदर्शी हुनुपर्छ,’ उनले भने।
काठमाडौं, जेठ ७ : उर्जामन्त्री दिपक खड्काले विद्युत प्राधिकरणको स्वयतपत्र यथार्थपरक रहेको बताएका छन्।
बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले विद्युत प्राधिकरणको नाफा र घाटाको सन्दर्भमा अहिलेको स्वयतपत्र यथार्थपरक रहेको बताएका हुन्।
‘विद्युत प्राधिकरणको नाफा र घाटा के हो भन्ने सन्दर्भमा अहिलेको स्वयतपत्र यथार्थपरक छ अझै यसमाथि आयोजनाहरु तिर्नुपर्ने यकिन आइसकेको नभएर चाडै अडिट हँुदैछ। यो कुरा भन्नुपर्छ सरकारी निकायहरुले आफ्नो कार्य पारदर्शी हुनुपर्छ,’ उनले भने।
उनले महालेखा प्रतिवेदन र समितिको प्रतिवेदनमा तालमेल नमिलेको भन्दै उनले अन्तराष्ट्रिय रुपमा मान्य हुने गरी अडिट गरी निर्णय गरेको बताए।
‘पूर्व एमडी गएपछि नयाँ एमडी आएपछि भएको होइन। पूर्व एमडी हँुदैमा उहाँले प्रस्ताव ल्याउदा प्रश्न राखेर यसको अडिट गर्ने किनभने महालेखा एकथोक भन्ने र प्रतिवेदनले अर्काे भन्छ यो तालमेल मिलेको छैन। त्यतिखेर महालेखा प्रतिवेदन बाहिर आएको थिएन तर हामीसँग आईसकेको थियो,’ उनले भने, ‘महालेखा प्रतिवेदनले घाटा देखाइरहेको छ तपाई नाफा देखाइरहनुभएको छ यो तालमेला मिलेन यसको अडिट गरेर निर्णय गरेका छौं।’
