Kathmandu Press

पानी जहाज कहिले–कहिले? डेढ करोडको गाडी अहिले !

काठमडौं, वैशाख २४ : पानी जहाज कार्यालयले डेढ करोडको गाडी खरिद गर्ने भएको छ। भौतिक पूर्वधार तथा यातायात मन्त्रालय अन्तर्गतको पानी जहाज कार्यालयले ....

पानी जहाज कहिले–कहिले? डेढ करोडको गाडी अहिले !
प्रतिकात्मक तस्बिर

काठमडौं, वैशाख २४ : पानी जहाज कार्यालयले डेढ करोडको गाडी खरिद गर्ने भएको छ। भौतिक पूर्वधार तथा यातायात मन्त्रालय अन्तर्गतको पानी जहाज कार्यालयले १ करोड ४३ लाख बराबरको गाडी खरिद गर्ने तयारी गरेको हो।

बुधबार कार्यालयले प्रकाशित गरेको बोलपत्र स्वीकृत सम्बन्धी सुचना अनुसार एक करोड ४३ लाख ९८ हजार बराबरको एसयूभी गाडी खरिद गर्न लागिएको छ। सूचनामा गाडी खरिदका लागि कम्पनीसमेत छनौट भइसकेको छ। गाडी खरिदको टेन्डर सिप्रिदी ट्रडिङ प्रालीले पाएको छ।

विश्वभर फैलिएको कोरोना भाइसरको महाव्याधीका बेला सरकारले बजेट विनियोजन भएका क्षेत्रमा खर्च गर्न रोक लगाएको छ। तर, चैत २० अघि बोलपत्र आव्हान भइसकेका कार्यक्रममा रकम निकासा गर्न बाधा नहुने सरकारी नीति छ। गाडी खरिदको बोलपत्र फागुन ८ गते नै भइसकेकाले गाडी खरिद गर्न लागिएको कार्यालयले जनाएको छ।  

पानी जहाज सञ्चालनका लागि हालसम्म कार्यालय खोल्ने सामान्य सम्भव्यता अध्ययनबाहेक अन्य काम हुन सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नै पानी जहाज सञ्चालन गर्ने योजना अनुरुप खोलिएको कार्यालय पछिल्लो समय काम विहीन झैं बन्न पुगेको छ। कोरोना कहरले अर्थतन्त्र ओरालो लागेको अवस्थामा पानी जहाज कहिले सञ्चालन हुन्छ, टुंगो छैन।

तर, कार्यालयले भने महँगो मूल्यमा गाडी खरिद गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: १३:०९ बजे, बुधबार, वैशाख २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्