Kathmandu Press

‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने माओवादी केन्द्रले नै हो’

अध्यक्ष दाहालले संघीय लोकतान्त्रीक गणतन्त्र जनताको गणतन्त्र बन्ने हो कि दलालहरु, नोकरशाहहरु, गणतन्त्र हुने भन्ने बैचारिक लडाई सुरु भएको बताए। 
‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने माओवादी केन्द्रले नै हो’

रूकुम पश्चिम, जेठ ७ : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा रहेको र त्यसको रक्षाँको जिम्मेवारी माओवादी केन्द्रको भएको बताएका छन्। 

मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गत रूकुम पश्चिमको चौरजहारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै मंगलबार प्रचण्डले एउटा नयाँ संघर्ष सुरु भएको भन्दै गणतन्त्र धरापमा पार्ने षणयन्त्र भईराखेको बताए। 

Hardik ivf

‘फेरि एउटा नयाँ बहस, फेरि एउटा नयाँ संघर्ष सुरु भइसकेको छ, हामीले रगत बगाएर ल्याएको संघीय लोकतान्त्रीक गणतन्त्र धरापमा पार्ने षणयन्त्र भइराखेको छ। यसको रक्षाँ गर्ने जिम्मा यसको निर्माण गर्नेहरुको काधमा नै मूख्यरुपमा हुन्छ जसले संघीय लोकतान्त्रिक गणतन्त्र भनेर महिला, उत्पिडित वर्गको पहिचान दियो   यसलाई जन्म दियो,’ उनले भने, त्यसको रक्षा गर्ने जिम्मेवारी पनि माओवादी केन्द्र कै हुन्छ। माओवादी केन्द्रले त्यो हिम्मत गरेन भने यो सम्पूर्ण व्यवस्था कोल्याप्स हुने खतरा हुन पनि सक्छ।’

अध्यक्ष दाहालले संघीय लोकतान्त्रीक गणतन्त्र जनताको गणतन्त्र बन्ने हो कि दलालहरु, नोकरशाहहरु, गणतन्त्र हुने भन्ने वैचारिक लडाई सुरु भएको बताए। 

‘संघीय लोकतान्त्रीक गणतन्त्र महिला, दलित, आदिवासी, जनजाती, मजदुर किसान मधेशी, मुस्लिम, थारु सबैको हित संरक्षण गर्ने जनताको गणतन्त्र बन्ने हो कि यो दलालहरु, नोकरशाहहरु, बिचौलियाहरु, जाली भटाहाहरुको गणतन्त्र हुने हो भन्ने लडाई अहिले देशमा बैचारिकरुपले गर्न सुरु गरिसकेको छ,’ उनले भने। 
 

प्रकाशित मिति: १०:३८ बजे, बुधबार, जेठ ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्