Kathmandu Press

धनुषामा पानीमा डुबेर दूई बालकको मृत्यु

मृत्यु हुनेमा कमला नगरपालिका वडा नम्बर २ सराबे टोलका रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र उनकै भाई श्यामबाबु साहका ५ वर्षिय छोरा रितिश साह रहेका छन्।
धनुषामा पानीमा डुबेर दूई बालकको मृत्यु

जनकपुर, जेठ ७ : धनुषाको कमला नगरपालिकास्थित सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । दुबै बालक दाजुभाई भएको जनाइएको छ।

मृत्यु हुनेमा कमला नगरपालिका वडा नम्बर २ सराबे टोलका रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र उनकै भाई श्यामबाबु साहका ५ वर्षिय छोरा रितिश साह रहेका छन्।

Hardik ivf

मंगलबार सडकको छेउमा खनिएको खाल्डोमा डुबेर दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । खाल्डोमा बर्षा भएपछि पानी जमेको थियो। नुहाउनको लागि दाजुभाई जाँदा डुबेर मृत्यू भएको धनुषा प्रहरीको भनाई छ।

घरबाट बाहिर निस्केका दाजुभाई अबेरसम्म घर नआएपछि खोजिकार्य सुरु भएको थियो। सो क्रममा दुबै बालक मृत अवस्थामा तैरिरहेको भेटिएका थिए।
 

प्रकाशित मिति: १०:३१ बजे, बुधबार, जेठ ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्