राजा ल्याउने सपना एकैपटक पूरा हुँदैन : लिङ्देन
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले चाहनाले मात्र राजा ल्याउने सपना पूरा नहुने भन्दै योजना, रणनीतिका साथ अगाडि बढ्नुपर्ने बताए।-1747753504.png)
काठमाडौं, जेठ ६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्यसत्ता विरुद्ध सुरु गरेको परिवर्तनको लडाइँ एकै दिनमा पूरा नहुने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले चाहनाले मात्र राजा ल्याउने सपना पूरा नहुने भन्दै योजना, रणनीतिका साथ अगाडि बढ्नुपर्ने बताए।
‘राज्यसत्ताको विरुद्धमा जुन परिवर्तनको लागि लडाई सुरु गरेका छौं त्यो एकै दिनमा हुने कुरा होइन् । मैले पाएँ भने त आजै सत्ता फेरौं, आजै राजालाई मुकुट लगाएर नारायणहिटीमा भित्र्याउ भन्ने छ,’ उनले भने, ‘तर हाम्रो चाहनाले र अहिले भएको शक्तिले इच्छा पूरा गर्छ कि गर्दैन् भन्ने कुरा हेर्नुपर्छ। त्यसकारण योजना, रणनीति भन्ने कुरालाई बिर्सिनु हुँदैन।’
अध्यक्ष लिङ्देनले नेपालमा भएका ठूला ठूला परिवर्तन चुनावबाट नभएको भन्दै अहिले खोजी रहेको परिवर्तन पनि चुनावबाट होइन जनताबाट नै होस भन्ने सोचेर अगाडि बढिरहेको बताए।
‘आन्दोलन मूल रुपमा प्रदर्शन र घेराउबाटै हाम्रो मान्यता स्थापित गर्ने बाटोमा लागि रहेका छौं । त्यो तरिकाले आन्दोलन अगाडि बढाइ रहेका छौं। नेपालमा भएका कुनैपनि परिवर्तन चुनावबाट भएको छैन,’ उनले भने, ‘०७ साल, ०१७, ०४६, ०६२÷६३ सालमा भएको कुनै पनि परिवर्तन चुनावबाट भएको होइन। त्यसकारण हामीले अहिले खोजी रहेको परिवर्तन पनि चुनावबाट होइन जनताबाट नै होस भन्ने सोचेर अगाडि बढिरहेका छौं।’
उनले समझदारीबाट पनि राजसंस्था स्थापना हुनसक्छ भन्ने विश्वास लिएको भन्दै राजादेखि लिएर अहिलेका सबै राजनीतिक दलहरुलाई ठाँउ दिएर देशलाई निकाश दिने हिसाबले अगाडि बढ्न पनि आह्वान गरेका छन् ।
-1776510445.jpg)
-1755950009.png)



-1776510445.jpg)
-1755950009.png)





