Kathmandu Press

‘देश रेमिट्यान्सले चलेको छ, खाडीका नेपालीले हामीलाई बचाएका छन्’

नेता कोइरालाले पहिला–पहिलो डिजिटलाइजेसन भनेको पढेलेखेकाको लागि मात्र चाहिन्छ भन्ने मानसिकतामा रहेको भन्दै गाउँकोकिसानलाई कसरी डिजिटलाइजेसन गर्ने भन्ने विषय महत्वपूर्ण रहेको औंल्याए। 
‘देश रेमिट्यान्सले चलेको छ, खाडीका नेपालीले हामीलाई बचाएका छन्’

काठमाडौं, जेठ ६ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भ्रष्टाचारलाई शून्यमा झार्ने र दण्डहीनतालाई अन्त्य गर्न सके मात्र देशमा सुशासन दिन सकिने बताएका छन्। 

मंगलबार काठमाडौंमा आयोजित ‘बद्लिदो विश्व परिवेशमा नेपालले अङगाल्नुपर्ने आर्थिक नीति’ विषयक संवाद गोष्ठीमा बोल्दै उनले अहिले जे जति आर्थिक चहलपहल देखिरहेको बताउँदै त्यो सबै रेमिट्यान्सबाट मात्रै भएको र त्यसका लागि खाडीमा गएका नेपालीहरुले बचाइराखे उल्लेख गरे।

Hardik ivf

‘अरु केही होइन् सुशासन दिन सक्यौं भने, भ्रष्टाचारलाई शून्यमा झारौं र दण्डहीनतालाई अन्त्य गरौं भने हामी धेरै माथि पुग्छौं। अहिले जे जति चहलपहल देखिरहेको छौं त्यो सबै रेमिट्यान्सबाट मात्रै हो। हामीलाई खाडीमा रहेका नेपालीहरुले बचाइरहेका छन्,’ उनले भने।

नेता कोइरालाले पहिला–पहिलो डिजिटलाइजेसन भनेको पढेलेखेकाको लागि मात्र चाहिन्छ भन्ने मानसिकतामा रहेको भन्दै गाउँकोकिसानलाई कसरी डिजिटलाइजेसन गर्ने भन्ने विषय महत्वपूर्ण रहेको औंल्याए। 

‘पहिला–पहिला मेरो मानसिकता यो डिजिटलाइजेसन भनेको पढेलेखेकाको लागि मात्र हो भन्ने थियो। तर गाउँका किसानलाई कसरी डिजिटलाइजेसन गर्ने भन्ने विषय महत्वपूर्ण रहेछ,’ उनले भने, ‘त्यहाँबाट उनीहरुले उत्पादन बढाउन सक्छन्। मार्केटमा त्यहाँबाट आफ्नो प्रोडक्ट पुर्याउन सक्छन्।’

त्यस्तै उनले भ्रष्टाचारमा लिप्त हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राखे। 
 

प्रकाशित मिति: १९:४७ बजे, मंगलबार, जेठ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्