Kathmandu Press

दुवै पक्ष मिलेर जोखिम न्यूनिकरणमा लाग्न गृहमन्त्रीको आग्रह

गृहमन्त्री लेखकले मनसुनको समयमा हुने विपदका जोखिमहरु न्यूनिकरण गर्ने र विपद भयो भने त्यसको व्यवस्थापन कसरी गर्ने भनेर विपद प्राधिकरणले निरन्तर छलफल र तयारीहरू गरिरहेको पनि बताए।
दुवै पक्ष मिलेर जोखिम न्यूनिकरणमा लाग्न गृहमन्त्रीको आग्रह

काठमाडौं, जेठ ६  : गृहमन्त्री रमेश लेखकले गैरसरकारी र सरकारी दुवै पक्ष मिलेर जोखिमलाई न्यूनिकरणको काममा लाग्नुपर्ने बताएका छन्। 

मंगलबार मनसुन पूर्वतयारी सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले  गैरसरकारी, निजी क्षेत्र र राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरु सबै मिलेर जोखिम न्यूनिकरण र व्यवस्थापन गर्ने काममा लाग्नुपर्ने बताए। 

Hardik ivf

‘अहिले गैरसरकारी संस्था, निजी क्षेत्र र राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरु जसले जोखिम न्यूनिकरण गर्ने र व्यवस्थापन गर्ने कुरामा सहयोग गर्न सक्नुहुन्छ उहाँहरुसँग अन्तरक्रिया र छलफल गरेर सरकारी र गैर सरकारी दुईवटै क्षेत्र मिलेर जोखिमलाई न्यूनिकरण गरौं भन्ने हो,’ उनले भने।
 
गृहमन्त्री लेखकले मनसुनको समयमा हुने विपदका जोखिमहरु न्यूनिकरण गर्ने र विपद भयो भने त्यसको व्यवस्थापन कसरी गर्ने भनेर विपद प्राधिकरणले निरन्तर छलफल र तयारीहरू गरिरहेको पनि बताए।

‘पूर्व मनसुनको अवस्थामा छौं। केही समयपछि मनसुन सुरु हुन्छ। त्यसकारण अहिले प्राधिकरणले निरन्तर रुपले मनसुनको समयमा हुने विपदका जोखिमहरु न्यूनिकरण गर्ने र विपद भयो भने त्यसको व्यवस्थापन कसरी गर्ने भनेर निरन्तर छलफल र तयारीहरु गरिरहेको छ,’ उनले भने।
 

प्रकाशित मिति: १९:४० बजे, मंगलबार, जेठ ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्