Kathmandu Press

रविको बन्दीप्रत्यक्षीकरण रिट ‘हेर्दाहेर्दै’ 

सर्वोच्च अदालतका न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार सुनुवाइ नसकिएपछि रिटलाई हेर्दाहेर्दैमा राखिएको हो।
रविको बन्दीप्रत्यक्षीकरण रिट ‘हेर्दाहेर्दै’ 

काठमाडौं, जेठ ६ : रास्वपा सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाई सोमबार ‘हेर्दाहेर्दै’ मा राखिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार सुनुवाइ नसकिएपछि रिटलाई हेर्दाहेर्दैमा राखिएको हो। सुनुवाईमा लामिछानेका कानुनव्यवसायीले थुनामुक्तिको माग राखेर बहस गरेका थिए। 

Hardik ivf

लामिछानेको थुनामुक्तिको माग राखेर उनकी श्रीमती निकिता पौडेलले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएकी हुन्। लामिछानेको रिट यसअघि ‘हेर्न नमिल्ने’ भएपछि सर्दै आएको थियो। 

सहकारी ठगी प्रकरणमा लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउन गरेको आदेशविरुद्ध लामिछानेकातर्फबाट सर्वोच्चमा वन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता भएको हो। 

प्रकाशित मिति: १८:०७ बजे, मंगलबार, जेठ ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्