Kathmandu Press

गभर्नरमा पौडेलसहित तीन जनाको नाम सिफारिस 

अर्थमन्त्री विष्णु पौडेल संयोजक र पूर्वगभर्नर महाप्रसाद अधिकारी तथा अर्थविद् डा.पोषराज पाण्डे संलग्न सिफारिस समितिले अर्थविद् डा.विश्वनाथ पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको हो
गभर्नरमा पौडेलसहित तीन जनाको नाम सिफारिस 

काठमाडौं, जेठ ६ : गभर्नर सिफारिस समितिले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस गरेको छ। 

अर्थमन्त्री विष्णु पौडेल संयोजक र पूर्वगभर्नर महाप्रसाद अधिकारी तथा अर्थविद् डा.पोषराज पाण्डे संलग्न सिफारिस समितिले अर्थविद् डा.विश्वनाथ पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको हो।

अर्थ मन्त्रालयमा बसेको बैठकले पौडेलसहित कामु गभर्नर निलम ढुंगाना तिम्सिना र पूर्व सचिव दिनेश भट्टराईको नाम पनि सिफारिस गरेको छ । 

सर्वोच्च अदातमा पौडेलविरुद्ध पेश भएको रिट दर्ता नहुने आदेश भएको थियो। गभर्नर नियुक्तिका लागि मन्त्रिपरिषद् बैठक ६ बजे बालुवाटारमा बस्नेगरी डाकिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली अर्थविद् डा.विश्व पौडललाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन सहमत भएको जनाइएको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा प्रधानमन्त्री ओली पौडेललाई गभर्नर बनाउन सहमत भएपछि साँझ मन्त्रिपरिषदको वैठक डाकिएको छ। 

अर्थविद् पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका व्यक्ति हुन्। त्यसअघि उनी आयोगमा सदस्य थिए।


 

प्रकाशित मिति: १८:०४ बजे, मंगलबार, जेठ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्