Kathmandu Press

डा. विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर

डा. विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर

काठमाडौं, जेठ ६ : सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आफ्नो प्रशासनको आदेशलाई सदर गरेको छ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले दरपीठ आदेश सदर गरेको हो। यो आदेशसँग्र पौडेललाई गभर्नर नियुक्ति गर्न सरकारलाई सहज भएको छ।

Hardik ivf

अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले अर्थशास्त्री पौडेललाई गभर्नर नियुक्त गर्न नहुने भन्दै सर्वोच्च अदालतमा रिट हालेका थिए।

सम्भवतः पौडेललाई आजै साँझ बस्ने मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्त गर्ने छन्। आजै बिहान प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति भएको थियो।

 

प्रकाशित मिति: १७:२८ बजे, मंगलबार, जेठ ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्