Kathmandu Press

परराष्ट्रमन्त्री डा. राणा र एनआरएनए अध्यक्ष श्रेष्ठ जापानमा

परराष्ट्रमन्त्री देउवाले जापान बसाइका क्रममा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनुका साथै २२ तारिखमा जापानी समकक्षी इवाया ताकेसीसँग दुईपक्षिय भेटवार्ता गर्ने तालिका छ।
परराष्ट्रमन्त्री डा. राणा र एनआरएनए अध्यक्ष श्रेष्ठ जापानमा

टोकियो, जेठ ६ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा जापान पुगेकी छन्। राजधानी टोकियोमा बुधवारदेखि सुरु हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्री देउवा त्यहाँ पुगेकी हुन्। 

परराष्ट्रमन्त्री देउवाले जापान बसाइका क्रममा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनुका साथै २२ तारिखमा जापानी समकक्षी इवाया ताकेसीसँग दुईपक्षिय भेटवार्ता गर्ने तालिका छ। मन्त्री राणा नेतृत्वको टोली शनिवार स्वदेश फर्कने कार्यक्रम छ।

Hardik ivf

त्यस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष महेशकुमार श्रेष्ठ पनि जापान पुगेका छन्। देउवा र श्रेष्ठलाई जापानमा एकसाथ स्वागत गरिएको छ। 

हालै सर्वोच्च अदालतबाट गठित उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका अध्यक्ष श्रेष्ठ कर्मथलो पुगेका हुन्। 

मन्त्री राणा र अध्यक्ष श्रेष्ठलाई जापानका लागि नेपालका राजदूत डा.दुर्गाबहादुर सुवेदी, संघको एसिया प्रशान्त क्षेत्रीय संयोजक डा.बलराम श्रेष्ठ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानका  अध्यक्ष नवीन निउरे तथा पदाधिकारीहरू, एनसीसी जापानका पूर्व अध्यक्ष एवं नेपाली काँग्रेस जनसम्पर्क समिति जापानका सभापति रोशन केसीलगायतले नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन्। 
 

प्रकाशित मिति: १७:१६ बजे, मंगलबार, जेठ ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्