Kathmandu Press

हलिउड फिल्म ‘टासी’को छायांकन मुस्ताङबाट सुरु

स्थानीय सहजकर्ता पाल्गेन गुरुङका अनुसार हलिउड, बलिउड र नेपाली प्राविधिक तथा अन्य जनशक्ति सम्मिलित फिल्म टोली अहिले मुस्ताङमा सक्रिय छन्। करिब एक महिनासम्म फिल्म सुटिङ हुनेछ। 
हलिउड फिल्म ‘टासी’को छायांकन मुस्ताङबाट सुरु

काठमाडौं, जेठ ६ : हलिउड फिल्म ‘टासी’को छायांकन सोमबारदेखि मुस्ताङबाट सुरु भएको छ। 

पहिलो सरगमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको जीवन कथामा आधारित  ‘टासी’ अमेरिकी प्रविधि कम्पनी एप्पलले निर्माण गर्न लागेको हो। यो फिल्म हलिउडको सबैभन्दा बढी लागतको फिल्म हो।

स्थानीय सहजकर्ता पाल्गेन गुरुङका अनुसार हलिउड, बलिउड र नेपाली प्राविधिक तथा अन्य जनशक्ति सम्मिलित फिल्म टोली अहिले मुस्ताङमा सक्रिय छन्। करिब एक महिनासम्म फिल्म सुटिङ हुनेछ। 

Hardik ivf

‘करिब तीन–चार सयको हाराहारीमा निर्माण टोली र जनशक्ति सक्रिय छन्। डेढसय जति सानाठूला गाडीहरु आएका छन्। शौचालय, बाथरुम, किचन र सुत्ने समेतको व्यवस्था भएका सवारी साधन पनि मुस्ताङ आइपुगेका छन्,’ गुरुङले भने।

‘मुस्ताङमा सडक पूर्वाधार र सुविधा सम्पन्न होटल तथा रिसोर्टहरु खुलेपछि यो सबैभन्दा ठूलो फिल्मको टोली आएको हो। यसले स्थानीय स्तरमा डेढसय बढीलाई रोजगारी मिलेको छ,’ उनले भने, ‘मुस्ताङवासीलाई उत्साहित बनाएको छ। होटलहरु भरिभराउ भएका छन् र रेष्टुरेन्टमा कारोबार बढेको छ।’

सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरेका थिए। सोही कथावस्तुलाई लिएर मुस्ताङमा फिल्म ‘टासी’को छायांकन भइरहेको हो। मुस्ताङको जोमसोम र पुथाङ एअरपोर्टका करिव दुई दर्जन होटलहरु एक महिनाका लागि अंग्रिम बुकिङ भइसकेको गुरुङले जानकारी दिए।

सोमबार र मंगलबार टोलीले घरपझोङ गाउँपालिकाका विभिन्न स्थानमा छायांकन गरिरहेको बताए। 

‘फिल्म निर्माण टोली कुछ्प तेरंगा गुम्बा, थासाङ गाउँपालिकाको बोक्सी खोला, वारागुङ मुक्तिक्षेत्रको पुराङ, झारकोट, धार्काजुङ, फल्याक खेलमैदान, लुप्रापास साथै उपल्लो मुस्ताङसम्मका स्थानहरुमा छायांकन गर्ने योजना छ,’ उनले भने। 

आरोही तेन्जिङ नोर्गे शेर्पाको हिमाल आरोहरण, हिमाली सभ्यता, जैविक विविधतालगायत परिदृष्य फिल्म ‘टासी’मा समेटिने निर्माण टिमको योजना छ। वेडनेस आउटडोर कम्पनीले छायांकनका लागि स्थानीय तहसँग यसअघि नै शुल्क बुझाएर अनुमति लिइसहेको छ। 

प्रकाशित मिति: १५:१७ बजे, मंगलबार, जेठ ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्