Kathmandu Press

रविको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्चमा सुनुवाई शुरु

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा उक्त रिटमाथि सुनुवाइ सुरु भएको हो। अहिले लामिछानेका कानुनव्यवसायीले थुनामुक्तिको माग राखेर बहश गरिरहेका छन्। 
रविको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्चमा सुनुवाई शुरु

काठमाडौं, जेठ ६ : रास्वपा सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई शुरु भएको छ। 

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा उक्त रिटमाथि सुनुवाइ सुरु भएको हो। अहिले लामिछानेका कानुनव्यवसायीले थुनामुक्तिको माग राखेर बहश गरिरहेका छन्। 

लामिछानेको थुनामुक्तिको माग राखेर उनकी श्रीमती निकिता पौडेलले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएकी हुन् । यसअघि ‘हेर्न नमिल्ने’ भएपछि पेश सर्दै आएको थियो। 

सहकारी ठगी प्रकरणमा लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउन गरेको आदेशविरुद्ध लामिछानेकातर्फबाट सर्वोच्चमा वन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता भएको हो। 

गत चैत २२ गते उच्च अदालत तुलसीपुर, बुटवलले इजलासले जिल्ला अदालत रुपन्देहीको फैसला बदर गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै लामिछाने हाल रुपन्देही कारागारमा थुनामा छन् ।

प्रकाशित मिति: १५:०६ बजे, मंगलबार, जेठ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्