Kathmandu Press

प्रधानमन्त्रीले साँझ ५ बजेका लागि बोलाए मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्तिको सम्भावना

प्रधानमन्त्री ओलीले आजै साँझ साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
प्रधानमन्त्रीले साँझ ५ बजेका लागि बोलाए मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्तिको सम्भावना
फाइल तस्बिर।

काठमाडौं, जेठ ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले आजै साँझ साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बैठक प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बस्ने छ।

बैठकले गभर्नर नियुक्त गर्ने सम्भावना छ। सोमबार नै बस्ने भनिएको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेट नहुँदा बैठक स्थगित गरिएको थियो।

Hardik ivf

गभर्नर नियुक्ति कै विषयलाई लिएर मंगलबार नै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच पनि छलफल भएको थियो। 

मन्त्रिपरिषद् बैठकअघि गभर्नर सिफारिस समितिको बैठक पनि बस्दै छ। समितिको संयोजक रहेका अर्थमन्त्री विष्णु पौडेल बैठक अपरान्ह ४ बजेका लागि बोलाएका छन्। 

प्रकाशित मिति: १४:५२ बजे, मंगलबार, जेठ ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्