Kathmandu Press

गभर्नर सिफारिस समितिको बैठक ४ बजेका लागि डाकियो 

सिफारिस समितिको संयोजक रहेका अर्थमन्त्री विष्णु पौडेलले मंगलबार ४ बजेका लागि बैठक बोलाएका हुन्। 
गभर्नर सिफारिस समितिको बैठक ४ बजेका लागि डाकियो 

काठमाडौं, जेठ ६ : नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको बैठक डाकिएको छ। 

सिफारिस समितिको संयोजक रहेका अर्थमन्त्री विष्णु पौडेलले मंगलबार ४ बजेका लागि बैठक बोलाएका हुन्। 

Hardik ivf

अर्थमन्त्री पौडेलको संयोजकत्वमा गठित समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थशास्त्री पोषराज पाण्डे सदस्य छन्। समितिले गभर्नरका लागि आजै तीन जनाको नाम सिफारिस गर्ने संभावना छ। 

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भएको छलफलपछि गभर्नर सिफारिसका लागि समितिको बैठक डाकिएको हो । गत चैत २५ गते यता राष्ट्र बैंकको गभर्नर पद रिक्त छ। 
 

प्रकाशित मिति: १४:११ बजे, मंगलबार, जेठ ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्