Kathmandu Press

फेरि आन्दोलनमा उत्रने शिक्षक महासंघको चेतावनी 

पूर्व सहमति अनुसार विधेयक तयार नभए जुनसुकै बखत आन्दोलन हुनसक्ने भन्दै त्यसका लागि तयार रहन समेत सबै शिक्षक कर्मचारीलाई महासंघले आग्रह गरेको छ।
फेरि आन्दोलनमा उत्रने शिक्षक महासंघको चेतावनी 

काठमाडौं, जेठ ६ : नेपाल शिक्षक महासंघले सहमति अनुसार विद्यालय शिक्षा विधेयक तयार नभएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ। 

महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिले गत आइबार बुझाएको प्रतिवेदनमा असहमति जनाएको छ। महासंघले कर्मचारी विरोधी प्रबन्धहरु हटाएर विगतका सबै सहमतीसमेटेर प्रतिवेदन तयार गर्न माग समेत गरेको छ।

पूर्व सहमति अनुसार विधेयक तयार नभए जुनसुकै बखत आन्दोलन हुनसक्ने भन्दै त्यसका लागि तयार रहन समेत सबै शिक्षक कर्मचारीलाई महासंघले आग्रह गरेको छ। शिक्षक आन्दोलन र सरकारसँग भएका सहमती बिर्सेर प्रतिवेदन गरिएको आरोप महासंघले लगाएको छ। 

महासंघले सुविधा र विकल्प चयनको अवसर नदिई सबै शिक्षक दरबन्दी स्थानीय तहमा जवर्जस्ती हन्तान्तरण गर्न खोजिएको आरोप लगाउँदै प्रतिवेदन विधेयक भन्दा पनि पश्चगामी भएको बताएको छ। 

अस्थायी प्रकृतिका शिक्षक (राहत, अस्थायी करार, साविक उमावि, सिका अनुदान, प्राविधिक धार र विशेष शिक्षा लगायत) का लागि प्रस्ताविक आन्तरिक प्रतिस्पर्धाको प्रतिशत सहमति अनुसार नराखिएको आपत्ति छ। 

प्रकाशित मिति: १३:५९ बजे, मंगलबार, जेठ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्