Kathmandu Press

सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण शुभारम्भ

आजबाट विधिवत रुपमा शुभारम्भ गरिएको मेलम्चीको पानी अब यहाँका सबै मन्त्रालय एवं कार्यालयहरुमा वितरण गरिने मन्त्री यादवले बताए।
सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण शुभारम्भ

काठमाडौं, जेठ ५ : खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ गरेका छन्।

सोमबार एक कार्यक्रमकाबीच मन्त्री यादवले सिंहदरबार भित्र मेलम्चीको शुद्ध, सुरक्षित खानेपानी बितरण कार्यको शुभारम्भ गरेका हुन्।

Hardik ivf

आजबाट विधिवत रुपमा शुभारम्भ गरिएको मेलम्चीको पानी अब यहाँका सबै मन्त्रालय एवं कार्यालयहरुमा वितरण गरिने मन्त्री यादवले बताए।

‘आजबाट सिंहदरबारमा विधिवतरुपमा मेलम्चीको पानी आएको छ । यसभन्दा पहिले भुमिगतको पानी सिंहदरबारमा आएको थियो । अब यहाँ मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी वितरण हुनेछ,’ उनले भने।

यसैगरी मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि अबदेखि सिंहदरबार क्षेत्रभित्र प्रयोग हुँदै आएको जार र बोतलको पानी विस्थापित गरिने बताए।

सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालयहरू तथा कार्यालयहरूमा मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी र्पुयाउनका लागि पाइप लाइनको विस्तार गरिने समेत मन्त्री यादवले जानकारी दिए।

 

प्रकाशित मिति: १८:१९ बजे, सोमबार, जेठ ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्