Kathmandu Press

मन्त्रिपरिषद् बैठक सुरु, लकडाउन लम्ब्याउने तयारी

काठमाडौं, वैशाख २४ : लकडाउनसम्बन्धी निर्णय गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको छ। आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।

....
मन्त्रिपरिषद् बैठक सुरु, लकडाउन लम्ब्याउने तयारी

काठमाडौं, वैशाख २४ : लकडाउनसम्बन्धी निर्णय गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको छ। आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ। त्यससम्बन्धी निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बसेको हो।

मंगलबारको उच्चस्तरीय समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित रहेका थिए। उच्चस्तरीय बैठकले लकडाउन केही खुकुलो बनाउँदै लम्ब्याउनु सिफारिस गरेको थियो।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको आजा ४४औं दिन हो। गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन पकटपकट गरेर वैशाख २५ गतेसम्म लम्ब्याइएको छ।

अब त्यसपछि के गर्ने भन्ने विषयमा छलफल भइरहेको जनाएको छ। आजको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटीका विषयमा पनि निर्णय गर्ने जनाएको छ।

 

प्रकाशित मिति: ११:४१ बजे, बुधबार, वैशाख २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्