गणतन्त्र मूल समारोह समितिको बैठकमा गएनन् मेयर बालेन
गणतन्त्र दिवसको कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन पदेन सदस्य छन्।
काठमाडौं, जेठ ५ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले वहिष्कार गरेका छन्।
बैठकले गणतन्त्र दिवस, २०८२ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको थियो।
बैठकमा डाके पनि काठमाडौं महानगरका मेयर बैठकमा नगएपछि प्रधानमन्त्री ओलीले आपत्ति जनाएका थिए। गणतन्त्र दिवसको कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन पदेन सदस्य छन्।
बैठकमा प्रधानमन्त्री ओलीले मूल समारोह समितिमा पदेन रहनुपर्ने व्यक्ति पटक पटक अनुपस्थित रहने स्थिति अन्त्य गर्नुपर्ने समेत बताएका थिए।
मेयर बालेन बैठकमा नगए पनि गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्तावहरू छलफलसहित पारित गरेको थियो।