Kathmandu Press

युएईलाई ५ विकेटले हराउँदै नेपाल महिला टि–२० विश्वकपको ग्लोबल छनोटमा

आइतबार थाइल्यान्डमा भएको एसिया छनोटको सुपर थ्रीको पहिलो खेलमा युएईमाथि ५ विकेटको सानदार जित निकाल्दै नेपालले ग्लोलब छनोटमा पुगेको हो। 
युएईलाई ५ विकेटले हराउँदै नेपाल महिला टि–२० विश्वकपको ग्लोबल छनोटमा

काठमाडाैं, जेठ ५ :  नेपाल महिला टि–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको छ। आइतबार थाइल्यान्डमा भएको एसिया छनोटको सुपर थ्रीको पहिलो खेलमा युएईमाथि ५ विकेटको सानदार जित निकाल्दै नेपालले ग्लोलब छनोटमा पुगेको हो। 

नेपाल पहिलाे पटक ग्लाेबल क्वालिफायरमा पुगेकाे हाे। नेपालकाे जितसँगै थाइल्यान्ड पनि ग्लोबल छनोटमा पुगेको छ। दुवै टिम सुपर थ्रीमा १ खेल बाँकी छँदै ग्लोबल छनोटमा पुगेका हुन्। अब दुवै टिमले सुपर थ्रीको अन्तिम खेल खेल्ने छन्।

Hardik ivf

पहिला ब्याटिङ गर्दै युएईले दिएको १५ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि कप्तान इन्दू बर्मा, रुविना क्षेत्री र सम्झना खड्काले उत्कृष्ट ब्याटिङ गरे। 

कप्तान इन्दूले २८ बलमा २ चौका मद्दतमा नटआउट ३० रन बनाइन्। उनको ‘रनिङ विटविन द विकेट’ उत्कृष्ट थियो। यस्तै, पूर्वकप्तना रुविनाले १८ बलमा ३ चौका मद्दतमा २३ रनको महत्वपूर्ण पारी खेल्दा सम्झनाले ओपनिङमा २७ बलमा ३ चौका नै प्रहार गर्दै २१ रन बाइन्। यस्तै, उपकप्तान पुजा महतोले १३ रन बनाइन्। 

बलिङमा युएईका मिचेल बोथा, सुरक्षा कोटे, वाइसनवे महेश र इशा ओजाले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको युएईले ७ विकेटको क्षतिमा ११४ रन बनाएको थियो। उसका लागि इशा ओजाले ३९ र थिर्था सतिश २१ रन बनाए। यी दुई पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए। यी दुई बाहेक हिना होट्चनदानीले २० र लावन्या केनीले १२ रन बनाए।

बलिङमा नेपालका मनिषा उपाध्यायले ४ विकेट लिइन् भने कविता कुँवरले २ र राजमती ऐरीले पनि १ विकेट लिइन्।

प्रकाशित मिति: १२:१७ बजे, सोमबार, जेठ ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्