Kathmandu Press

च्याम्पियन बार्सिलोना भिल्लारियलसँग ३–२ ले पराजित

लिग र कप डबल जितेको बार्सिलोनाले यो सिजन सबै प्रतियोगितामा गरी २० खेलमा पहिलो गोल खाएको छ । तर तीमध्ये नौ खेलमा जित र दुई खेलमा बराबरी निकालेको छ ।
च्याम्पियन बार्सिलोना भिल्लारियलसँग ३–२ ले पराजित

काठमाडौं, जेठ ५ : लामिन यामाल र फर्मिन लोपेजले सानदार गोल गरे पनि बार्सिलोना भिल्लारियलसँग ३–२ ले पराजित भएको छ । यसअघि नै ला लिगा च्याम्पियन बनिसकेको बार्सिलोना घरेलु मैदानमा अग्रता जोगाउन सकेन ।

लिग र कप डबल जितेको बार्सिलोनाले यो सिजन सबै प्रतियोगितामा गरी २० खेलमा पहिलो गोल खाएको छ । तर तीमध्ये नौ खेलमा जित र दुई खेलमा बराबरी निकालेको छ ।

Hardik ivf

भिल्लारियल पहिलो हाफको धेरै समय दबाबमा रह्यो, तर दोस्रो हाफको पाँचौं मिनेटमा सान्ती कोमेसानाले येरेमी पिनोको उत्कृष्ट थ्रु बलमा दौडँदै आएर गोलकिपर मार्क–आन्द्रे टर स्टेगनलाई छलेर बराबरी गरे । परिवर्तित ताजोन बुकेननले ८० औं मिनेटमा निर्णायक गोल गरे ।

३८ औं मिनेटमा यामालले आफ्नो ट्रेडमार्क शैलीमा नवौं लिग गोल गरे । फर्मिनले पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । पुनरागमन जितसहित भिल्लारियल शीर्ष पाँचमा रहँदै आगामी सिजनको च्याम्पियन्स लिगको सुनिश्चितता गर्यो ।

हान्सी फ्लिकको टोलीले बिहीबार प्रतिद्वन्द्वी एस्पानियोलमाथि २–० को जित निकालेर आफ्नो २८औं शीर्ष डिभिजनको उपाधि जितेको थियो । आयोजे पेरेजले निकोलस पेपेको क्रसलाई चौथो मिनेटमै गोलमा परिणत गर्दै भिल्लारियललाई अग्रता दिलाए ।‌ तर घरेलु टोलीले उत्कृष्ट पुनरागमन गर्दै पहिलो हाफको अन्त्यसम्म अग्रता लिन सफल भयो ।
 

प्रकाशित मिति: ०८:२२ बजे, सोमबार, जेठ ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्