Kathmandu Press

आईपीएलमा दिल्लीविरुद्ध गुजरातको जित

आइतबार भएको खेलमा सुरुमा ब्याटिङ गरेको दिल्लीले दिएको २०० रनको लक्ष्य पछ्याएको गुजरातले विना विकेटको क्षति १९ ओभरमा २०५ रन जोडेको हो । 
आईपीएलमा दिल्लीविरुद्ध गुजरातको जित

काठमाडौं, जेठ ५ : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटानले दिल्ली क्यापिटललाई १० विकेटले हराएको छ ।

आइतबार भएको खेलमा सुरुमा ब्याटिङ गरेको दिल्लीले दिएको २०० रनको लक्ष्य पछ्याएको गुजरातले विना विकेटको क्षति १९ ओभरमा २०५ रन जोडेको हो । 

Hardik ivf

साइ सुदर्शनले अविजित रहँदै ६१ बलमा १०८ रन बनाउँदा कप्तान शुभमन गिलले ५३ बलमा ९३ रन जोडे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ३ विकेटको क्षतिमा १९९ रन जोडेको थियो । दिल्लीका लागि  ६५ बलको सामना गरेका उनले १४ चौका र चार छक्का प्रहार गरे । 

अभिषेक पोरेलले ३०, अक्षर पटेलले २५ तथा ट्रिस्टियन स्टब्सले अविजित रहँदै १० बलमा २१ रन जोडेका थिए । लोकेश राहुलले अविजित रहँदै ११२ न जोडे । 

यो खेलको समाप्तिसँगै शीर्ष स्थानको गुजरात, दोस्रो स्थानको बंगलोरु र तेस्रो स्थानको पन्जाब आईपीएलको प्ले अफमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति: ०८:१५ बजे, सोमबार, जेठ ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्