Kathmandu Press

नेप्सेमा झिनो अंकको गिरावट

आज सबैभन्दा बढी कर्पोरेट डेभपलमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ८.७१ प्रतिशतले घटेको छ। 
नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं, जेठ ४ : आइतबार नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ। साताको कारोबारको पहिलो दिन २.७९ अंकले घटेर नेप्से २६०९.०५ विन्दुमा कायम भएको छ। नेप्सेमा पछिल्लो छ दिन यता निरन्तर गिरावट भइरहेको छ। 

आज ३०९ कम्पनीको एक करोड ६९ लाख सात हजार ७३७ कित्ता शेयर ७९ हजार ८९३ पटक खरिदबिक्री हुँदा आठ अर्ब ५० करोड ९२ लाख २१ हजार ३१२ रुपैयाँ कारोबार भएको छ। आज १ सय कम्पनीको शेयर मूल्य बढ्दा १४५ कम्पनीको घटेको छ।

Hardik ivf

ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, छाब्दी हाइड्रोपावरको ९.९९, विन नेपाल लघुवित्तीय संस्था लिमिटड ९.५३, नेपाल पुनर्बिमा कम्पनी ८.४१, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य ७.३२ प्रतिशतले बढेको छ। 

आज सबैभन्दा बढी कर्पोरेट डेभपलमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ८.७१ प्रतिशतले घटेको छ। 

साथै सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको ७० करोड ३७ लाखको शेयर कारोबार भएको छ।

प्रकाशित मिति: १८:२६ बजे, आइतबार, जेठ ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्