Kathmandu Press

दक्षिण एसियाकै पहिलो नमुना होमस्टे सिरुवारी पुगे कांग्रेस महामन्त्री थापा 

आफू २०६७ सालमा पहिलोपटक सिरुवारी आउँदा भन्दा सिरुवारीको भौतिक संरचना निर्माण भएको, सडकको व्यवस्था राम्रो भएको भन्दै यो कार्यमा योगदान पुर्‍याउने स्याङ्जा क्षेत्र नं १ का संघीय सांसद राजु थापाको प्रशंसा समेत गरे। 
दक्षिण एसियाकै पहिलो नमुना होमस्टे सिरुवारी पुगे कांग्रेस महामन्त्री थापा 

स्याङ्जा, जेठ ४ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा स्याङ्जामा रहेको दक्षिण एसियाकै पहिलो नमुना गाउँ सिरुवारी पुगेका छन्। 

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न स्याङ्जाको पुतलीबजार पुगेका थापा शनिवार साँझ बास बस्न स्याङ्जाको आधिखोला गाउँपालिकामा रहेको दक्षिण एसियाकै पहिलो नमुना होमस्टे सिरुवारी पुगेका हुन्। 

सिरुवारीमा महामन्त्री थापालाई भब्य स्वागत गर्नुका साथै स्थानीय संस्कृती देखाईएको होमस्टेकी अगुवा उर्मिला गुरुङले बताइन्। 

b9f58697-2e10-4510-b089-28b42d715a0a-1747556874.jpg

प्रतिनिधि सभा सदस्य समेत रहेका थापाले सिरुवारीकै कारण विदेशबाट नेपाल आउने पर्यटकको संख्यामा वृद्वि गराउन सहयोग पुर्‍याएको बताए। थापाले सिरुवारीमा पाहुनालाई गरिने स्वागत, सांस्कृतीक कार्यक्रम र अर्गानीक परिकारले पर्यटकलाई लोभ्याउने गरेको भन्दै सिरुवारी नआएकाहरुलाई एकपटक सिरुवारी आउन आग्रह समेत गरे। 

आफू २०६७ सालमा पहिलोपटक सिरुवारी आउँदा भन्दा सिरुवारीको भौतिक संरचना निर्माण भएको, सडकको व्यवस्था राम्रो भएको भन्दै यो कार्यमा योगदान पुर्‍याउने स्याङ्जा क्षेत्र नं १ का संघीय सांसद राजु थापाको प्रशंसा समेत गरे। 

थापासँगै नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं संघीय सांसद राजु थापा लगायतका नेताहरु सिरुवारी पुगेका थिए। थापाले त्यसअघि स्याङ्जाकै अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरको दर्शन तथा पुजाआजा समेत गरेका थिए।  
 
प्रकाशित मिति: १४:१४ बजे, आइतबार, जेठ ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्