Kathmandu Press

शान्तीश्री र गौरवको ‘लजाउने हैछौनी’

गायक गिरीकै शब्द, रोहित देउवाको संगीत सृजना, विसम आचार्यको एरेन्ज तथा  श्याम श्वेत रसाईलीको मिक्सिङ मास्टरिङ रहेको सार्वजनिक गीतमा सुदुरपश्चिमकी चर्चित मोडल मिस पविको अभिनय देख्न सकिन्छ।
शान्तीश्री र गौरवको ‘लजाउने हैछौनी’

काठमाडौं, जेठ ३ : गायिका शान्तीश्री परियार र गायक गौरव गिरीको स्वर रहेको ‘लजाउने हैछौनी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ। गीत देउडा संकृतिमा आधारित रहेको छ।

गायक गिरीकै शब्द, रोहित देउवाको संगीत सृजना, विसम आचार्यको एरेन्ज तथा  श्याम श्वेत रसाईलीको मिक्सिङ मास्टरिङ रहेको सार्वजनिक गीतमा सुदुरपश्चिमकी चर्चित मोडल मिस पविको अभिनय देख्न सकिन्छ।

Hardik ivf

भिडियोमा मिस पविका अलावा दीपा शाही र राजेशनाथले पनि अभिनय गरेका छन्। नुवाकोटका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको लजाउने हैछौ नी एक प्रेमील रोमान्टिक गीत हो। जसमा प्रेम, रोमान्स र वियोगको कथालाई कलात्मक शैलीमा निर्देशक गिरीले भिडियोमा उतारेका छन्। 

सन्जु चौधरीको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादन फाइनल पिक्सल नेपाल तथा कलर श्याम कुँवरले गरेका हुन्। 

गीतको भिडियो रिदम भिआईडीबाट बजारमा आएको हो । गीतले  देउडा संकृति बचाउन र समाजका रोचक पक्ष बाहिर ल्याउनमा मद्धत पुर्याउने विश्वास निर्देशक गिरीले लिएका छन्।  

हेर्नुस भिडियाे

प्रकाशित मिति: १३:५५ बजे, शनिबार, जेठ ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्