Kathmandu Press

आज ६ जना कोरोना संक्रमित घर फर्कने 

काठमाडौं, वैशाख २४ : विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत ३१ जनामध्ये ६ जना कोरोना संक्रमितको तेस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
कोशी अस्प....

आज ६ जना कोरोना संक्रमित घर फर्कने 

काठमाडौं, वैशाख २४ : विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत ३१ जनामध्ये ६ जना कोरोना संक्रमितको तेस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
कोशी अस्पताल (कोभिड– १९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ३१ जनामध्ये ६ जनामा रिपोर्ट नेगेटिभ आएपछि घर फर्कने भएका छन् । 

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले  मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा छ जनालाई बुधबार (आज) डिस्चार्ज गरिने जानकारी दिए। उनले गत वैशाख ५ र ६ गते उदयपुरको भुल्काबाट ल्याइएका १३ सङ्क्रमितमध्ये छ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण .पिसिआर) गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टि गरेपछि डिस्चार्ज गरिने निर्णय गरिएको बताए।

उनीहरु सबै भारतीय नागरिकहरु हुन् । उनीहरु सबैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा एक हप्ता राखिने भएको छ । मन्त्री घिमिरेले क्वारेन्टाइनको स्थलगत निरीक्षण गरिएको  बताउँदै १० वटा वेड रुम र १० वटा शौचालय भएको मस्जिदमा राखिने व्यवस्था गरिएको जानकारी दिए । 

प्रकाशित मिति: ०७:३५ बजे, बुधबार, वैशाख २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्