Kathmandu Press

नयाँ अध्ययन भन्छ- फ्रान्समा डिसेम्वरमै कोरोनाभाइरस संक्रमण

फ्रान्सको सबैभन्दा पुरानो कोभिड १९ का बिरामी फेला परेका छन्। उनको उपचार पेरिस नजिकै एउटा अस्पतालमा डिसेम्बरमा भएको थियो। यो घटनासँगै पहिले थाहा भएभन्दा धेरै अघिदेखि भा....

नयाँ अध्ययन भन्छ- फ्रान्समा डिसेम्वरमै कोरोनाभाइरस संक्रमण

फ्रान्सको सबैभन्दा पुरानो कोभिड १९ का बिरामी फेला परेका छन्। उनको उपचार पेरिस नजिकै एउटा अस्पतालमा डिसेम्बरमा भएको थियो। यो घटनासँगै पहिले थाहा भएभन्दा धेरै अघिदेखि भाइरस विश्वभर फैलिरहेको पुष्टि भएको छ।

साँ डुनीस्थित सो अस्पतालका चिकित्सकहरूले ४२ वर्षिय माझीबाट लिएको नमूना कोरोनाभाइरस संक्रमित भएको बताएका छन्। उनी डिसेम्बर २७ मा आकस्मिक कक्षमा भर्ना भएका थिए। बिरामीले खोक्दा रगत देखिएको, टाउको दुखेको र ज्वरो आएको लक्षण बताएका थिए। सघन उपचारमा राखिए पनि निको भएपछि डिसेम्बर २९ मा उनी डिस्चार्ज भएका थिए।

यो खुलासाले कोरोनाभाइरसको “टाइमलाइन” नाटकिय रूपमा परिवर्तन भएको छ। चीनको उहानमा अनौठो निमोनिया देखा परेको सूचना आउनुभन्दा चार दिनअघि ती पुरूष अस्पताल भर्ना भएका थिए। कोरोनाभाइरसले हालसम्म ३५ लाखभन्दा धेरै संक्रमित भएका छन्। फ्रान्समा मात्रै १६९००० हजार संक्रमित छन्। करिब साढे दुई लाखको ज्यान गइसकेको छ।

Hardik ivf

चिनियाँ वैज्ञानिकहरूले उहानमा संक्रमण पत्ता लगाउनुअघि थुप्रै साता वा महिनादेखि नै कोरोनाभाइरस विश्वभरि फैलिरहेको यो घटनाले सङ्केत गर्छ। फ्रान्सका ती बिरामी अगष्ट २०१९ देखि नै विदेश भ्रमणमा गएका थिएनन्। अगष्टमा उनी अल्जेरिया गएका थिए। उनी बिरामी हुनुअघि उनकै एक सन्तानलाई इन्फ्लुएन्जाजस्तो लक्षण देखा परेको थियो। सन्तानलाई पनि कोरोनाभाइरस भएको हुनसक्ने सम्भावना देखिन्छ। घटनामा ती पुरूषलाई अर्कै व्यक्तिबाट भाइरसको संक्रमण भएको र वैज्ञानिकहरूले पहिचान गर्नु धेरै अघि नै भाइरस समुदायस्तरमा फैलिरहेको देखिन्छ। 

थाहा हुनुअघि नै कोरोनाभाइरस फैलिरहेको सङ्केत भेटिएको छ। हालै गरिएको दुईटा अध्ययनले संक्रमित पाँच जनामध्ये एक जनालाई कुनै लक्षण नदेखिने पत्ता लागेको छ। आधाभन्दा धेरै कोरोनाभाइरस पोजिटिभलाई कसरी संक्रमित भए थाहा हुँदैन। लक्षण नदेखि वा थाहा नपाइ रोग फैलिनुको यो अर्को सङ्केत हो।

डिसेम्बर र जनवरीमध्येसम्म संकलन गरिएको बिरामीको नमूना पुनस् परीक्षण गर्दा फ्रान्सका चिकित्सकले पहिलो संक्रमित भेटेका हुन्। इन्फ्लुएन्जाजस्तो लक्षण देखिएका १२४ जना बिरामी नमूना संकलन परीक्षण गरिएको हो। तीमध्ये ८० जनालाई इन्फ्लुएन्जा वा सामान्य प्रकारका कोरोनाभाइरसको संक्रमण नभएको पुष्टि भएको छ। चौध जनालाई कोरोनाभाइरस संक्रमणको सम्भावना र एक जना संक्रमित भएको परीक्षणमा पत्ता लागेको छ।

बिरामीलाई पछि चीन र इटालीका संक्रमितलाई जस्तै लक्षण देखा परेको चिकित्सकहरूले बताए। 

“अप्रिल १० सम्म कोभिड १९ का कारण फ्रान्समा ८६३३४ जना संक्रमित र १२२१० जनाको मृत्यु भएको बताइन्छ। तर हाम्रो परीक्षणले कोभिड १९ को वास्तविक भार अझ बढि हुनसक्ने देखाएको छ,” चिकित्सकहरूले लेखेका छन्।

अमेरिकाले पनि कोरोनाभाइरसका पुराना संक्रमित पत्ता लगाएको छ। सान्टा क्लारा, क्यालिफोर्नियाको मेडिकल एक्जामिनरको कार्यालयले हालै मात्र कोरोनाभाइरसकै कारण फेब्रुअरीमा एक महिलाले ज्‍यान गुमाएको निष्कर्ष निकालेको छ। त्यसको तीन सातापछि अमेरिकी माटोमै एक जनाको मृत्यु भयो।
द हिल 

प्रकाशित मिति: ०७:१८ बजे, बुधबार, वैशाख २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्