Kathmandu Press

चितवनमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

भरतपुर महानगरपालिका–२५ किसान चोक नजिक घर भएका ४२ वर्षीय लीलाराज गिरीले धारिलो हतियार प्रहार गरी भतिजो र आफ्नै छोरीको हत्या गरेका हुन्। दुई जनाको हत्यापछि उनले आत्महत्याको प्रयास गरेका थिए।
चितवनमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

चितवन, जेठ २ : एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरेका छन्।

भरतपुर महानगरपालिका–२५ किसान चोक नजिक घर भएका ४२ वर्षीय लीलाराज गिरीले धारिलो हतियार प्रहार गरी भतिजो र आफ्नै छोरीको हत्या गरेका हुन्। दुई जनाको हत्यापछि उनले आत्महत्याको प्रयास गरेका थिए।

Hardik ivf

बिहान विद्यालय जाने तयारी गरेका बालबालिकालाई उनले धारिलो हतियार प्रयोग गरेर हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गिरीले आफ्नै छोरी सात वर्षीया प्रभा गिरी र दाजु दया गिरीका पाँच वर्षीय छोरा सजन गिरीलाई खुर्पा प्रहार गरेका थिए। त्यसपश्चात् उनले खुर्पा आफैं माथि प्रहार गरेको उनले जानकारी दिए।

घटनालगत्तै तीनै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएकामा दुई बालबालिकाको मृत्यु भएको र गिरीको अवस्था गम्भीर रहेको उनले बताए।

 गिरी पूर्वसैनिक रहेको र मानसिक सन्तुलन ठीक नभएका अवस्थामा घटना गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
(((

प्रकाशित मिति: १३:३२ बजे, शुक्रबार, जेठ २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्