हङकङ र बहराइनबीचको खेल वर्षाले टस नै नभइ राेकियाे, नेपाल अघिल्लो चरणमा
समूह सीको हङकङ र बहराइनबीचको खेल वर्षाले हुन नसकेपछि नेपाल समूह विजेताका रुपमा अघिल्लो चरण पुगेको हो।
काठमाडाैं, जेठ २ : नेपाल थाइल्यान्मा जारी आईसिसी महिला टि–२० विश्वकपको एसिया छनोटको अघिल्लो चरणमा प्रवेश गरेको छ।
समूह सीको हङकङ र बहराइनबीचको खेल वर्षाले हुन नसकेपछि नेपाल समूह विजेताका रुपमा अघिल्लो चरण पुगेको हो।
योसँगै समूहमा २ जितसहित नेपाल ५ अंक जोडेको नेपाल धेरै जित निकालेको आधारमा समूह विजेता बन्यो। बहराइनसँगको खेल वर्षाले रोकिँदा हङकङ भने प्रतियोगिताबाट बाहिरियो। हङकङको पनि ५ अंक नै छ। तर, १ जित मात्र निकालेकाले ऊ दोस्रोमा रह्यो।
नेपालले बहराइनलाई दुवै खेलमा हराउँदा हङकङसँग १ खेलमा पराजित भयो भने १ खेल वर्षाले रोकिएको थियो। यता, हङकङका समूका ४ मध्ये ३ खेल वर्षाले रद्द भएको थियो।
अब नेपालले सुपर ३मा अन्य दुई समूहका शीर्ष टिमसँग खेल्ने छ। समूह एबाट आयोजक थाइल्यान्ड र बीबाट युएई अघिल्लो चरण पुगेका छन्।
सुपर ३ सिंगल राउन्ड रोबिनका आधारमा हुनेछ। यो चरणमा समूह चरणामा प्राप्त अंक जाेडिने छ। सुपर ३ बाट शीर्ष दुई टिम महिला टि–२० विश्वकपको ग्लोबल छनोटमा पुग्ने छन्।