Kathmandu Press

अध्यक्ष लिङ्देनको प्रश्न– अब सरकारविरुद्ध विद्रोह गरेर जंगल पस्नु पर्ने हाे?   

अध्यक्ष लिङ्देनले सरकारले निरन्तरण संविधान उल्लघन गरेको भन्दै राजसंस्था, हिन्दुसस्था मान्छु भन्दा अपमानपूर्वक प्रहरीखोरमा राखिएकोमा आपति जनाए। 
अध्यक्ष लिङ्देनको प्रश्न– अब सरकारविरुद्ध विद्रोह गरेर जंगल पस्नु पर्ने हाे?   

काठमाडौं, जेठ २ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था र हिन्दुराज्यमा आस्था राखेकै कारण दण्ड भोग्नुपर्ने भए सरकारविरुद्ध विद्रोहमा जान र जङगल पस्न भन्नुपर्ने बताएका छन्। 

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले देशमा सुशासन हुनुपर्छ, भ्रष्टाचार गर्नेलाई दण्डित हुनुपर्छ भन्दै आवाज उठाउनेलाई प्रताणित गरेको भन्दै यस्तो धारण राखेका हुन्। 

Hardik ivf

‘आस्थाकै आधारले एकपछि अर्कोगरी अनेक बहानाले पक्राउ गर्दै लाने हो भने म प्रधानमन्त्री, गृहमन्त्री र सिंगो सरकारलाई भन्न चाहन्छु यसरी निषेध गरेर लाने भए औपचारिक रुपमै सरकारले भन्दियोस् हामी विद्रोहमा जाऔँ,’ उनले भने, ‘राप्रपालगायत हिन्दुराज्य, राजसंस्था मान्छु भन्नेहरुले संघीयता मान्दिन, प्रदेश मान्दिन भन्नेहरु देशमा सुशासन हुनुपर्छ, भष्ट्राचार गर्नेलाई दण्डित हुनुपर्छ भन्नेहरु यसरी प्रताणित हुनुपर्छ भने विद्रोहमा जान्छौं। विद्रोहमा जाऔँ, जङगल पस भन्नुपरो।’ 

अध्यक्ष लिङ्देनले सरकारले निरन्तरण संविधान उल्लघन गरेको भन्दै राजसंस्था, हिन्दुसस्था मान्छु भन्दा अपमानपूर्वक प्रहरीखोरमा राखिएकोमा आपति जनाए। 

‘यो अत्यन्तै दुःखद् र मानवअधिकार विरुद्ध, मानव हक अधिकारको विरुद्ध, अहिलेको संविधानले व्यवस्था गरेको सुविधाको विरुद्ध सरकारको तर्फबाट भएको क्रियाकलाप घोर भत्सना गर्दछु,’ उनले भने। 

प्रकाशित मिति: १३:०५ बजे, शुक्रबार, जेठ २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्