Kathmandu Press

डा. विश्वा पौडेलविरुद्धको रिट दरपिठ गर्दै दर्ता अस्विकार 

पौडेललाई नेपाल राष्ट्रबैंकको ऐनविपरीत गभर्नर नियुक्त गर्न लागिएको दाबीसहित अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले रिट पेश गरेका थिए। 
डा. विश्वा पौडेलविरुद्धको रिट दरपिठ गर्दै दर्ता अस्विकार 

काठमाडौं, जेठ ३ : सर्वोच्च अदालतले डा.विश्व पौडेलविरुद्ध पेश भएको रिटलाई दरपिठ गर्दै दर्ता अस्विकार गरेको छ। 

पौडेललाई नेपाल राष्ट्रबैंकको ऐनविपरीत गभर्नर नियुक्त गर्न लागिएको दाबीसहित अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले रिट पेश गरेका थिए। 

उक्त रिटलाई सर्वोच्च प्रशासनले शुक्रबार दरपिठ गरेको हो। 

पौडेललाई गभर्नर सिफारिस समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गरेको नदेखिएको, पत्रपत्रिकामा प्रकाशित समाचारको आधार बनाई अनिश्चित विषयमा निवेदन दर्ताको लागि पेश गरेको र सामूहिक हकअधिकार कसरी हनन् भएको भन्ने प्रष्ट नखुलाएको लगायतका कारण देखाएर दरपिठ आदेश गरिएको छ। 

प्रकाशित मिति: १२:५७ बजे, शुक्रबार, जेठ २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्