Kathmandu Press

लागूऔषध सहित हेटौँडाबाट २ जना पक्राउ

बीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको म १ प २१८ नम्बरको पर्यटक बसमा सवार करण र उपेन्द्रलाई शंका लागी सुरक्षाजाँच गर्दा करण रायले बोकेको झोलामा मोवाइल चार्जरभित्र लुकाएर ल्याएको अवस्थामा लागूऔषध खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
लागूऔषध सहित हेटौँडाबाट २ जना पक्राउ

हेटौँडा, जेठ २ : लागूऔषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले बुधबार २ जनालाई पक्राउ गरेको छ । 

बुधबार दिउँसो ३ बजेको समयमा प्रहरी टोलीले हेटौँडा–१५, रातोमाटेमा सुरक्षाजाँच गर्ने क्रममा पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका–५ का २० वर्षीय करण राय र २९ वर्षीय उपेन्द्र रायभरलाई लागूऔषध खैरो हेरोइन १८ ग्राम १५० मिलिग्रामसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Hardik ivf

बीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको म १ प २१८ नम्बरको पर्यटक बसमा सवार करण र उपेन्द्रलाई शंका लागी सुरक्षाजाँच गर्दा करण रायले बोकेको झोलामा मोवाइल चार्जरभित्र लुकाएर ल्याएको अवस्थामा लागूऔषध खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिई उनीहरुलाई हिरासतमै राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: ०८:५२ बजे, शुक्रबार, जेठ २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्