Kathmandu Press

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ सय नाघ्यो 

काठमाडौं, वैशाख २४ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप १२७ जनाको मृत्यु भएको छ ।

गएको २४ घण्टा....

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ सय नाघ्यो 

काठमाडौं, वैशाख २४ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप १२७ जनाको मृत्यु भएको छ ।

गएको २४ घण्टामा कोरोनाका कारण १२७ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ६९३ पुगेको हो ।

भारतमा एकैदिन थप २ हजार ९६३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४९ हजार ४०० पुगेको हो ।

भारतमा संक्रमितमध्ये १४ हजार १४२ जना उपचारपछि निको भएका छन् । ३३ हजार ५६५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: ०६:४१ बजे, बुधबार, वैशाख २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्