Kathmandu Press

यी तीन प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना 

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
यी तीन प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना 
Hardik ivf

काठमाडौं, जेठ २ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

हाल देशका पहाडी भू—भागमा आंशिक देखी साधारणतया बदली र बाँकी भू—भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भू—भागका एक—दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च—पहाडी तथा हिमाली भू—भागका एक—दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 
 

प्रकाशित मिति: ०८:१४ बजे, शुक्रबार, जेठ २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्